काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्ममा करिब २ सय किलोमिटर सडक कालोपत्रे भएको छ । सरकारले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षामा यस्तो अवस्था देखिएको हो ।
चालु आर्थिक वर्षमा सरकारले ८०० किलोमिटर दुई लेनको र १२० किलोमिटर चार लेनको सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये ६ महिनामा लक्ष्यको क्रमशः १९.७२ प्रतिशत र १७.१५ प्रतिशत कार्य भएको छ । ६ महिनाको अवधिमा १८१.४२ किलोमिटर दुई लेनको सडक र २०.५८ किलोमिटर चार लेनको सडक कालोपत्रे गरेको अर्धवार्षिक समिक्षामा जनाइएको छ ।
कहाँ–कुन सडकमा कति भयो कालोपत्रे ?
हुलाकी राजमार्ग - ४२.५ किलोमिटर
मध्यपहाडी पुष्पलाल लोकमार्ग - ११ किलोमिटर
कालीगण्डकी कोरिडोर (गैडाकोट–राम्दी–मालढुङ्गा खण्ड) - ५ किलोमिटर
कालीगण्डकी कोरिडोर (मालढुङ्गा–बेनी–जोमसोम कोरोला सडक) - १५.५ किलोमिटर
कोशी कोरिडोर - १.५ किलोमिटर



