images
images

कांग्रेसको निर्वाचन विहान १० बजेदेखि, अन्तिम तयारी हुंदै


  • 261
    SHARES
  • २०८३ आश्विन २२ गते बिहीबार

    कांग्रेसको निर्वाचन विहान १० बजेदेखि, अन्तिम तयारी हुंदै

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज विहान १० वजेदेखि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार, मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइएको छ । 

    मतदानका लागि ५०० जना मतदान अधिकृत खटिने भएका छन् । निर्वाचनका लागि २३ प्रकारका मतपत्र तयार गरिएको छ । क्षेत्र, प्रदेश र क्लस्टरअनुसार २३ वटा मतपत्र तयार पारिएको बताइएको छ । 

    मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टासम्म लाग्ने निर्वाचन समितिले जनाएको छ । मतदानस्थल राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान र खुलामञ्चमा हुनेछ । 

     




    images
    images

    Logo