images
images

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ


  • 174
    SHARES
  • २०८३ कार्तिक १२ गते बिहीबार

    कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहिवार अपरान्ह आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।

    नवनिर्वाचित सभापति थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिएका थिए । गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।

    शपथ ग्रहणलगत्तै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्दै छ। अदालतमा मुद्दा बिचाराधिन रहेका चार केन्द्रीय सदस्य बाहेक अन्य सबैलाई सफलग्रहण गराइएको नेपाली कांग्रेसले जनाएको छ । 




    images
    images

    Logo