images
images

धनुषामा श्रीमान्–श्रीमती मृत फेला, हत्याको आशंका


  • 145
    SHARES
  • २०८३ कार्तिक ८ गते आइतबार

    धनुषामा श्रीमान्–श्रीमती मृत फेला, हत्याको आशंका

    जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । 

    उहाँका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । 

    घटनाको अघिल्लो दिन मात्रै उमेश ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताए । 

    प्रहरी नायब उपरीक्षक खनालले घटनाको प्रकृति शङ्कास्पद देखिएको जानकारी दिए। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । हालसम्म कोहि पक्राउ नपरेको बताइएको छ । 




    images
    images

    Logo