images
images

स्पेनमा रेल दुर्घटना, ६८ को मृत्यु, सैयौं घाईते


  • 164
    SHARES
  • २०८३ कार्तिक १२ गते बिहीबार

    स्पेनमा रेल दुर्घटना, ६८ को मृत्यु, सैयौं घाईते

    काठमाडौं । स्पेनमा भएको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । सैयौं घाइते भएका छन् ।स्पेनको मध्यभागमा बुधबार बिहान तीव्र गतिको रेल दुर्घटनामा परेको हो । 

    राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्रयाकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । ठक्करका कारण रेलका धेरै डिब्बा लिकबाट उछिटिएका थिए । स्पेनका यातायात मन्त्रीले कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटिका  कारण दुर्घटना भएको बताएका छन् । 

    सो दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक तथा १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटनाका रूपमा लिइएको छ ।
    उद्धार गरिएका यात्रुहरूले ठक्करका क्रममा मानिसहरू हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको बताएका छन् ।

    मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीचको क्षेत्रमा स्थानीय समयअनुसार बिहान ९ बजेपछि दुर्घटना भएको बीबीसीले जनाएको छ । 

     




    images
    images

    Logo