images
images

छ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार


  • 122
    SHARES
  • २०८३ कार्तिक १६ गते सोमबार

    छ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार
    कर्णाली । भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको हो । 
     
     डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे—फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका ती भारतीय पर्यटक दुई दिनअघिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए । 
     
    फसेका पर्यटकहरुमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी रहेका छन् । उनीहरुलाई आइतबार उद्धार गर्ने प्रयास भए पनि मौसमी प्रतिकुलता र हेलिकप्टरको उपलव्धता नभएका कारण हुन नसकेको थिएन।




    images
    images

    Logo