images
images

भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ


  • 221
    SHARES
  • २०८३ कार्तिक २५ गते बुधबार

    भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ

    भक्तपुर । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा गएराति २४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट १ लाख ९६ हजार १५० रुपैयाँ नगद बरामद गरेको छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमि नगरपालिका–५, एसएस चोकस्थित लोकल खाजाघरबाट ९९ हजार १५० रुपैयाँ नगदसहित ९ जना पक्राउ परेका छन् । त्यस्तै, चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित हरिभक्त भारतीको घरबाट ९७ हजार रुपैयाँ नगदसहित १५ जना पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत जुवातास खेलिरहेको अवस्थामा हालसम्म ४९ जना पक्राउ परिसकेका छन् । उनीहरूको साथबाट कुल ५ लाख ६८ हजार १४० रुपैयाँ नगद बरामद गरिएको छ ।

    प्रहरीले १ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका पटका ५४१ प्याकेटसमेत नियन्त्रणमा लिएको छ । त्यस्तै, लंगुरबुर्जाका ३५ सेट गोटी र ४० सेट टाट बरामद गरिएको छ ।


    images
    images

    Logo