images
images

भिमफेदी माइक्रो बस दुर्घटना, १० को मृत्यु, पाँच घाइते


  • 174
    SHARES
  • २०८३ कार्तिक २६ गते बिहीबार

    भिमफेदी माइक्रो बस दुर्घटना, १० को मृत्यु, पाँच घाइते

    काठमाडौं । मकवानपुरको भिमफेदी नजिकै माइक्रो बस दुर्घटनामा परेर १० जनाको ज्यान गएको छ । थप पाँच जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा परेको हो । 

    काठमाडौं –कुलेखानी–भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी नजिकै आज बिहान करिब ६ बजे सो दुर्घटना भएको हो । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

    दुर्घटनामा परी घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पु¥याएको थियो ।  माइक्रोबसमा करिब १५ जना यात्रु रहेको बताइएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । 




    images
    images

    Logo