images
images

नबिल बैंकको संस्थापक शेयर विक्रीमा


  • 761
    SHARES
  • २०७९ भाद्र १३ गते सोमबार

    नबिल बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नबिल बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    उक्त शेयरको न्युनतम शेयर मूल्य प्रतिकित्ता ४ सय ८० रुपैयाँ तोकिएको छ । 

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय तिनधारामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोध गरेको छ । 

    तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । 


    images
    images

    Logo